राजनीति
पर्वले धर्म र संस्कृति संरक्षण तथा संवद्र्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा
०

काठमाडौँ, माघ ५ –
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले तामाङ जातिको नयाँ वर्षका रूपमा मनाइने सोनाम ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज तथा परम्पराको संरक्षण र संवद्र्धनमा सबैलाई प्रेरित गर्दै आएको उल्लेख गर्नुभएको छ ।
सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति थापाले सोनाम ल्होसारले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ मजबुत बनाउँदै आएको बताउनुभएको छ ।
सभापति थापाले सोनाम ल्होसारले नेपालीबीच आपसी विश्वास, एकता र सहकार्यको भावना अभिवृद्धि गर्दै आर्थिक तथा सामाजिक रूपमा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुन सबैमा नयाँ ऊर्जा र उत्साह प्रदान गरोस् भन्ने कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























