अन्तर्राष्ट्रिय

न्यायको पर्खाइमा बसेका आल्वासेतेका नेपालीहरुलाई न्यानो कपडा, खुशी हुँदै सरसफाइ अभियानमा जुटे

Banner

स्पेन, माघ ४
अल्वासेतेको भियलगार्डो दे जुकारमा रहेका नेपालीलाई लत्ताकपडा सहयोग भएको छ । नेपाली जनप्रगतिशील मञ्च स्पेनका उपाध्यक्ष तथा आल्वासेते नेपाली सहयोग मिसनका केशवराज कँडेलले स्पेनस्थित रेडक्रस, गार्दिया सिभिलसँग विशेष अनुरोध गरेर सो सहयोग जुटाएका हुन् ।

चिसो मौसममा रेडक्रसले ज्याकेट, पाइन्ट, ब्लाङ्केट लगायतका कपडाहरु सहयोग गरेको हो । कँडेल नेपालीहरुको न्यायका लागि भाषा आवेदकका रुपमा निरन्तर खटिएका थिए । कँडेल सहित एक दर्जन बढी नेपालीहरुले भियलगार्डोमा रहेका नेपालीका समस्या, गुनासोबारे भाषा सहजकर्ता बनेर सहयोग गरेका थिए । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनले सो क्षेत्रमा रहेका नेपालीको सहयोगका लागि प्रस्तावित आइसीसी सदस्य रोशन पाठकको संयोजकत्वमा विशेष सहयोग समिति गठन गरेको थियो । न्यानो कपडा पाएपछि नेपालीहरु खुशी बनेका छन् । भियलगार्डोमा हाल मौसम निकै चिसो छ ।

यसैबीच कँडेलको सुझाव अनुसार भियलगार्डो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले सामूहिक रुपमा सरसफाइ सुरु गरेका छन् । आजबाट सुरु भएको सरसफाइ अभियान नेपाली बस्ने हरेक गल्लीहरुमा सरसफाइ हुनेछ । सडक छेउछाउमा रहेका प्लास्टिक, बोतल लगायतका नकुहिने फोहर संकलन गरेर सफा पारेका छन् । सबै नेपालीहरु समुहगत रुपमा आसपासका हरेक सडक छेउछाउमा छरपस्ट फालिएका फोहर व्यवस्थापन कार्यमा जुटेका थिए । संकलित फोहर नजिकै रहेका फोहर फाल्ने ठुला डस्टविनमा राखिएको थियो । नेपालीहरुले सरसफाइ गरेको जानकारी पाएपछि उको गार्दिया सिभिलका अफिसर कापसिन फेलिक्स निकै खुशी हुँदै सराहनीय काम गरेको बताएका छन् । उनले नेपालीहरुको उज्ज्वल भविष्यको पनि कामना गरेका छन् ।

दयनीय बास बसाएर श्रमशोषण गरेको,जोखिमपूर्ण काममा लगाउने, अवैध रुपमा खेतीमा काम गराउदै आएका गिरोह नोभेम्बरमा समातिएपछि भियलगार्डोका नेपालीहरु कामविहिन बनेका छन् । करिव ३ सय जना नेपालीले न्यायका लागि बयान दिइसकेका छन् । रोजगारी नभएपछि उनीहरु यतिबेला निकै संकटमा छन् । बेलाबखत रेडक्रस, स्थानीय सरकार, नेपाली समुदायले गर्ने सहयोगका भरमा खान(लाउन बाध्य छन् ।
यसैबीच आल्वासेतेमा रहेका नेपालीहरु सहभागी हुने गरि बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । केशवराज कँडेलकै पहलमा रेडक्रसले रक्तदान कार्यक्रम गर्ने तयारी गरेको छ । दुस्ख, पीर भुलेर नेपालीहरुले मानवीयता देखाउदै रक्तदान कार्यमा सहभागी हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>