राजनीति
रुपन्देही–२ बाटै चुनाव लड्ने विष्णु पौडेलको तयारी
०

काठमाडौं, माघ ४-
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट दिएको थियो । तर चर्को विरोध भएपछि पार्टीको निर्णय सच्चिएको छ । ‘पार्टीले बिष्णुप्रसाद पौडेललाई रुपन्देही–२ कै उम्मेदवार बनाएको छ,’ लुम्बिनी इन्चार्ज रहेकी सचिव पद्या अर्यालले भनिन् ।
बिष्णु पौडेल रुपन्देही–२ बाट चुनाव लड्न निश्चित भएपछि रुपन्देहीका पाँचै क्षेत्रका उम्मेदवार निश्चित भएको छ । रुपन्देही–१ दधिराम न्यौपाने, रुपन्देही–२ विष्णुप्रसाद पाडैल, रुपन्देही–३ बाट बासुदेव घिमिरे, रुपन्देही–४ बाट सुनिता थथेर र रुपन्देही–५ बाट खिमलाल भट्टराई उम्मेदवार टुंगिएको हो । यो क्षेत्रबाट गत चुनावमा ठाकुर गैरेले जितेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























