राजनीति
वामदेव, नारायणकाजी र भगवतीले त्यागे राष्ट्रियसभा पद
०

काठमाडौँ, माघ ४-
राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गर्नुभएको संसद्का प्रवक्ता एकराम गिरिले राससलाई बताउनुभयो ।
नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपानेले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गर्नुभएको हो । उहाँहरुको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























