राजनीति

निर्वाचनबारे छलफल गर्न रास्वपाको बैठक बस्दै

Banner

काठमाडौं, माघ ४-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्ने भएको छ ।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी, प्रत्यक्षतर्फका उम्मेदवार छनोट र समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

निर्वाचन आयोगले माघ ६ गते प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको समय तोकेकाले दलहरू उम्मेदवार टुंगो लगाउने क्रममा व्यस्त छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>