नवलपुर
नवलपुर-१ को प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट भागिरथ सापकोटा उम्मेदवार
०

नवलपुर,माघ ४-
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेले भागिरथ सापकोटालाई उम्मेदवार बनाएको छ।
२०७९ को निर्वाचनमा नेपाली कांग्रेसका नेता डा.शशांक कोइराला निर्वाचित भएको क्षेत्रमा यस पटक युवा उद्यमी र तथा व्यवसायी सापकोटालाई एमालेले अघि सारेको हो। राजनीतिलाई पेसा र व्यवसायसँग जोड्न वकालत गरिरहेका सापाकोटालाई एमालेले अघि सारेको विषयलाई उद्योगीहरूले सकारात्मक ठानेका छन्।
कोइरालाले यसअघि आफ्ना प्रतिस्पर्धीभन्दा २ हजार ८४ मतान्तर बनाएर निर्वाचित भएका कारण पनि यस पटक एमालेले त्यहाँ लोकप्रिय रहेका नेतालाई उम्मेदवार बनाएको हो। सापकोटा नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष हुन्। लामो समय एमालेको राजनीतिमा रहेका सापकोटा अर्थ राजनीतिका प्रखर व्याख्यता पनि हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























