राजनीति
ईश्वर पोखरेल, योगेश भट्टराई र गोकुल बास्कोटाको टिकट टुंगो लागेन

काठमाडौं,माघ ३-
नेकपा एमालेले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि अधिकाशं क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । शनिवार बसेको एमाले सचिवालय बैठकले अधिकाशं क्षेत्रको उम्मेदवार टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
एमालेको ११ औं महाधिवेशनमा ईश्वर पोखरेलको प्यानलबाट चुनाव लडेका केही नेताको टिकट टुंगो लागेको छैन । पोखरेल चुनाव लड्दै आएको काठमाडौं ५ अध्यक्षले पछि टुंगो लगाउने गरी खाली राखिएको भट्टले जानकारी दिए । यस्तै उपमहासचिव योगेश भट्टराईको क्षेत्र ताप्लेजुङ पनि अध्यक्षले पछि टुंगो लगाउने भनेर खाली राखिएको छ । यसअघि गोकुल बास्कोटाले चुनाव जितेको काभ्रे २ पनि खाली राखिएको छ ।
पोखरेल समूहबाट उपाध्यक्ष निर्वाचित गोकर्ण विष्टले भने गुल्मी २ बाट टिकट पाएका छन् । उम्मेदवार मनोनयको कार्यक्रम माघ ६ गतेका लागि तोकिएको छ ।
























