चितवन विशेष

भरतपुर महानगरको नयाँ प्रशासकीय भवनको प्रचण्डले गरे उद्घाटन

Banner

चितवन, माघ २–

भरतपुर महानगरपालिकाको सुविधासम्पन्न नयाँ प्रशासकीय भवनको उद्घाटन गरिएको छ । शुक्रबार पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले भवनको समुद्घाटन गरेका हुन् ।

भुई तला र त्यस माथिको तलाको निर्माणको काम सकिएपछि भवनको समुद्घाटन गरिएको हो । दुई वटा लिफ्टसहितको ६ तलाको भवनको महानगरका सबै विभाग अट्ने छ । पूर्ण अपाङगमैत्री यस भवनले आउँदो झण्डै एक सय वर्षसम्म भरतपुरबासीलाई सेवा प्रदान गर्ने नगर प्रमुख रेनु दाहालले बताइन् । ७ कठ्ठा जमिनमा बनेको ६ तलाको भवनमा २५० र ३५० जना अट्ने क्षमताको दुई वटा ठूला हल, विभिन्न माशाखाका लागि साना तथा ठूला गरी १५८ वटा कार्यकक्ष र ८ वटा बैठक हल, जेष्ठ नागरिक प्रतिक्षा कक्ष, सांस्कृतिक प्रदर्शनी कक्ष, पुस्तकालय, सेवाग्राही विश्राम कक्षहरु गरी कुल २२१ वटा कोठाा रहेको महानगर प्रमुख दाहालले जानकारी दिइन् ।

यस भवन संघीय सरकारको २१ करोड ५८ लाख १४ हजार, बागमती प्रदेशको १९ करोड ८९ लाख ३६ हजार र महानगरपालिकाको ४ करोड ५० लाख गरी कुल ५३ करोड ३२ लाख ४१ हजार रुपैयाँमा निर्माण गरिएको उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए । कार्यक्रममा भवन निर्माण गर्ने कम्पनीलाई सम्मान गरिएको थियो ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकोे कार्यक्रममा संविधानसभा सदस्य गीता वाग्ले, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जिवी सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>