राजनीति

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैनः गगन थापा

Banner

काठमाडौं,माघ २-

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा कसैलाई काखापाखा नगरिने बताएका छन् । निर्वाचन आयोगले थापा नेतृत्वको समूहलाई आधिकारिता दिएपछि संचारकर्मीसंग कुराकानी गर्दै थापाले भने, ‘हामी कसैलाई काखा पाखा गर्दैनौं । कांग्रेस पार्टी भृकुटीमण्डलमा आयोजित विशेष महाधिवेशनमा नआउनेको पनि हो ।’

उनले थपे, ‘टिकट वितरणमा कसैले हारेको महसुस गर्नुपर्दैन । जित र हारको रूपमा लिएर जाने अवस्था सिर्जना हुँदैन । कसैलाई प्रतिशोध राखिंदैन ।’ सभापति थापाले यसअघि तोकिएअनुसार वैशाखमै नियमित महाधिवेशन गर्न आफू प्रतिबद्ध रहेको बताए । उनले भने, ‘आजैदेखि एकढिक्का भएर पार्टीको काममा लागौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>