राजनीति

प्रविधिमा आधारित बहुप्रकोपिय पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन जरुरीः गृहमन्त्री अर्याल

Banner

काठमाडौँ , माघ २ –

गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्प प्रतिरोधी संरचना निर्माणको अभियानलाई थप प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

राष्ट्रिय भूकम्प दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताउनुभएको हो । उहाँले सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था, निर्माण व्यवसायी र समुदायस्तरमा पूर्वतयारी, प्रतिकार्य र पुनःनिर्माणको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले खोज तथा उद्धारमा सबै तहका सरकारको क्षमतालाई थप वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि तीन तहकै सरकारबीचको शासकीय पद्धतिको सुदृढीकरण र प्रभावकारी समन्वय सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । यसका लागि सार्वजनिक लगानीका साथै निजी लगानी अभिवृद्धिमा पनि जोड दिनुपर्ने बताउनु भयो । प्रविधिमा आधारित बहुप्रकोपिय पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनसक्दा पूर्वतयारीमा मद्दत मिल्ने र जनधनको क्षति कम हुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आगामी दिनमा भूकम्प प्रतिरोधी संरचना निर्माणको अभियानलाई थप प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता छ । सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था, निर्माण व्यवसायी र समुदायस्तरमा पूर्वतयारी, प्रतिकार्य र पुनःनिर्माणको क्षमता अभिवृद्धि गर्नुपर्नेछ । आवश्यक उपकरणको प्रवन्ध गर्न र अत्यावश्यक सामग्रीहरुको भण्डारणलाई प्रभावकारी बनाउन सबै प्रदेश र स्थानीय तहमा आपत्कालीन गोदाम घरको व्यवस्थापन गर्नुपर्नेछ । खोज तथा उद्धारमा सबै तहका सरकारको क्षमतालाई थप वृद्धि गर्नुपर्ने आवश्यकता छ । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि तीन तहकै सरकारबीचको शासकीय पद्धतिको सुदृढीकरण र प्रभावकारी समन्वय हाम्रो प्राथमिकता हो । यसका लागि सार्वजनिक लगानीका साथै निजी लगानी अभिवृद्धिमा पनि जोड दिनुपर्छ । प्रविधिमा आधारित बहुप्रकोपिय पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनसक्दा पूर्वतयारीमा मद्दत मिल्न गइ जनधनको क्षति कम हुन्छ ।’

गृहमन्त्री अर्यालले व्यवस्थित र दिगो विकासको अवधारणामा आधारित कार्यक्रमको परिणामुखी कार्यान्वयन आजको आवश्यकता भएको बताउनु भयो । उहाँले पूर्वतयारी तथा बलियो संरचना निर्माणमा विशेष ध्यान दिनुपर्ने बताउनु भयो । भूकम्प प्रतिरोधी संरचना निर्माणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।-न्युज एजेन्सी नेपाल

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>