राजनीति

संरचना निर्माणमा रैथाने प्रविधिमा जोड दिनुपर्छः सुनिता डंगोल

Banner

काठमाडौँ, माघ २-

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भवन लगायतका संरचना निर्माण रैथाने प्रविधिमा जोड दिनुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय भूकम्प दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भवन निर्माण संहितामा विशेष ध्यान दिनसके भूकम्प लगायतका विपद्बाट बच्न सकिने बताउनु भयो । उहाँले भवन संहिता कार्यान्वयन गर्ने काम सरकारको मात्र नभइ हरेक नागरिकको रहेको बताउनु भयो । भवन निर्माण गर्दा इन्जिनियरिङ पाटो पनि छोड्न नहुने र रैथाने सीपलाई पनि निरन्तरता दिनुपर्ने बताउनु भयो । रैथाने प्रविधिलाई सीपलाई प्रयोग गरेका संरचनाले भूकम्पलाई थेगेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सूचना प्रविधिको प्रयोगले भूकम्पको पूर्व सूचना प्रणालीसहित बचाउका उपायहरु प्रयोग गरिएको छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको भवन निर्माण संहिता रहेको छ । भवन संहिता कार्यान्वयन गर्ने काम सरकारको मात्रै होइन, यो नागरिकले नै सरकारको कार्यक्रम भनेर सोचिदिने भन्दा पनि हाम्रा लागि हामीले मान्नुपर्ने काम हो भनेर आत्मसमिक्षा गर्नुपर्ने हुन्छ ।
यो दायित्वभित्र हामी नै हौँ भनेर बुझ्न जरुरी छ । हामीले हाम्रा संरचना पूर्ण रुपमा इन्जिनियरिङ पाटो पनि छोड्नु हुँदैन र रैथाने सीपलाई पनि निरन्तरता दिनुपर्छ । विशेष गरी रैथाने प्रविधिलाई सीपलाई प्रयोग गरेका संरचनाले भूकम्पलाई थेगेको छ ।’

उपप्रमुख डंगोलले नारामा मात्र नभइ पूर्वाधार काम गरेर देखाउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रत्येक वर्ष नारामा मात्र नभइ नारा कार्यान्वयन गरी वार्षिक योजना बनाएर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।–न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>