राजनीति

निर्वाचन आगोग अगाडी गगन काँग्रेसको धर्ना

Banner

काठमाडौँ, माघ २-

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली काँग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएको छ ।

शुक्रवार दिउसो गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका नेताहरुले आयोगको अगाडी धर्ना दिएका हुन् । आयोग अगाडी नेताहरु पलेँटी कसेर धर्नामा बसेका छन् । शुक्रवार बिहान काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरु आधिकारिक भएको दाबी आयोगमा निवेदन दिएका थिए । आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली काँग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो । हाल गगन थापा समूह आफूलाई आधिकारिक घोषणा गर्न दबाब दिन आयोगमा धर्ना बसेको हो ।

थापा समूहले बिहीवार केन्द्रिय कार्य समिति अद्यावधिक गर्न निवेदन दिएको थियो । – न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>