राजनीति
कांग्रेसलाई निर्वाचन आयोगले आन्दोलनमा जान बाध्य नपारोस्ः पूर्णबहादुर
०

काठमाडौं, माघ २-
नेपाली कांग्रेस देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले दबाब र प्रभावमा परेर निर्णय गरे देशव्यापी आन्दोलनमा जाने चेतावनी दिएका छन् । शनिबार ९माघ २० पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
“हामीलाई निर्वाचन आयोगले विधिविधान र संविधानमा आधारितभन्दा तलमाथि निर्णय गर्दैन भन्ने विश्वासँगसँगै आशंका पनि छ । लोकतन्त्रमाथि मडारिएको कालो बादललाई साथ दिँदै दबाब र प्रभावमा निर्णय भयो भने कांग्रेस देशव्यापी आन्दोलनमा जान बाध्य हुनेछ । यस्तो नगरियोस्,” उनले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























