Breaking News

देवघाट मेला जाने दर्शनार्थीलाई चितवन प्रशासनको निःशुल्क बस

Banner

चितवन, पुस ३०–

चितवन प्रशासनले मकर संक्रान्तिको दिन देवघाटमा स्नान गर्न जाने दर्शनार्थीहरुका लागि निःशुल्क बस व्यवस्था गरेको छ ।

प्याब्सन चितवनसंगको सहकार्यमा प्रशासनले सबै दर्शनार्थीहरुलाई सहजताका लागि निःशुल्क बसको व्यबस्था मिलाएको हो । भरतपुरको आँपटारीदेखि देवघाटसम्म पुग्न १० वटा बसको व्यबस्था गरिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले  जानकारी दिए । ‘आँपटारीबाट सिधै देवघाट जान बन्द गरिएको छ, फर्किदा मात्रै त्यो बाटो प्रयोग हुन्छ, वृद्धवृद्धादेखि धेरै यात्रुहरु समस्यामा पर्ने गरेका छन्, सहज रुपमा दर्शन गर्न जानका लागि यसपटक निःशुल्क बसको व्यवस्था गरेका छौं’–प्रजिअ अर्यालले भने ।

बिहीबार विहान ६ः३० बजेदेखि दुवैतर्फ आवातजावत गर्ने गरी १० वटा बस संचालन हुनेछ । आँपटारीदेखि देवघाटसम्मको बाटोमा एकतर्फी फर्किने गरि रुट निर्धारण गरिएको छ । सवारी साधनबाट देवघाट जाँदा रामनगर हुँदै जानुपर्ने हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>