चितवन विशेष
चितवनमा एक बृद्धा आफ्नै कोठाको खाठमा हातखुट्टा बाँधेको अवस्थामा मृत फेला, हत्या गरेर गरगहना लुटपाट गरेको आशंका
०

रत्ननगर,पुस २६-
चितवनको रत्ननगरमा एक बृद्ध मृत फेला परेकी छन । आज (शनिवार) बिहान १० बजे रत्ननगर नगरपालिका-४ फिल्महल रोड निवासी ६८ वर्षिय सुकमाया देवी तामाङ मृत भेटिएकी हुन । उनलाई हातखुट्टा बाँधेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
कोठमा ढोका फोडिएको छ,जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले भने,कोठामा कोही प्रवेश गरेको देखिन्छ । घटनाको प्रकृति हेर्दा मुख बाँधेर हत्या गरेको अनुमान गर्न सकिन्छ । स्थानीयले बृद्धले लगाएका सुनका गरगहना नभेटिएको भन्दै गहना चोर्नका लागि हत्या गरिएको बताएका छन ।
तामाङ घरको तेस्रो तलामा बस्दै आउनुभएको थियो । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























