चितवन विशेष

चितवनको माडीमा वृहत आँखा शिविरः १७ सय ९१ जनाको परीक्षण, २०७ जनाको शल्यक्रिया

Banner

चितवन, पुस २५–

चितवनको माडीमा लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपालले वृहत आँखा जाँच तथा शल्यक्रिया शिविर आयोजना गरेको छ । लगातार चार दिन आँखा जाँच र दुई दिन लगातार आँखाको शल्यक्रिया गरिएको हो ।

पुस २० देखि २३ गतेसम्ममा एक हजार ७ सय ९१ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो । परीक्षणबाट २०७ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको लायन्स डिष्ट्रिक्टका डिपार्टमेन्ट कोअडिनेटर लायन प्रशान्त कुमार पियाले जानकारी दिए । उनका अनुसार ५८९ जनालाई निःशुल्क चश्मा समेत बितरण गरिएको छ ।

पहिलो दिन २२३, दोस्रो दिन गर्दी हेल्थपोष्टमा ३१९, तेस्रो दिन कल्याणपुर हेल्थपोष्टमा २२४ र चौथो दिन सिधुवा हेल्थपोष्टमा २४८ जनाको आँखा परीक्षण गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट गर्भनर नवराज सापकोटा रहेका थिए ।

यस्तै पूर्व गर्भनरहरु दिनानाथ न्यौपाने, सिद्धार्थलाल चुके, राजकुमार श्रेष्ठ, डिष्ट्रिक्ट कोषाध्यक्ष विकास पौडेल, कार्यक्रम संयोजक सुधा जोशी, सह–संयोजक रमेश घिमिरे, सिनियर डिपार्टमेन्ट कोअडिनेटर, राजेन्द्र गौतम, कमल प्रसाद श्रेष्ठ, मानार्थ सल्हाकार शान्त कुमार पिया, गोमा श्रेष्ठ, बिणा श्रेष्ठ, शुभनेत्री श्रेष्ठ, पिआरओ ईन चिफ मधुर नेपाल, पिआरओ ईन चिफ सेक्रेटरी सुशिल मल्ल, भरतपुर आँखा अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर पुष्पा गिरी, बसन्तपुर आँखा केन्द्रका संयोजक श्रीप्रसाद दवाडीलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>