चितवन विशेष

जन्मदिनमा देवकोटाले गरे विधार्थीलाइ सहयोग

Banner

चितवन, पुस २०-
विभिन्न सामग्री सहयोग गर्दै लायन्स क्लब अफ माडी इकोका कोषाध्यक्ष प्रवीन देवकोटाले आफ्नो जन्मदिन मनाएका छन् ।
भरतपुर महानगरपालिका-२६ स्थित श्री आधारभूत विद्यालय कोइलाहाका विद्यार्थीलाई न्यानो टोपी, पढ्ने सामग्री र विद्यालयलाई डस्टविन उपलब्ध गराएका हुन् ।
आइतबार विद्यालयमा पुगेर उनले १०० बढी विद्यार्थीलाई न्यानो टोपी लगाइदिए । विद्यार्थीलाई बालपत्रिका `मुना´ प्रदान गरे । त्यसैगरी विद्यालय हातामा रहनेगरी प्रधानाध्यापक रामभक्त वाग्लेलाई ४ वटा डस्टविन उपलब्ध गराएका छन् ।
जन्मदिनका अवसरमा विद्यार्थी माझमा आएर सहयोग गर्न पाउँदा खुसी लागेको देवकोटाले बताए ।
ब्लड डोनर्स सोसाइटीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपानेले जन्मदिनलाई तडकभडकरूपमा मनाउनुभन्दा सिर्जनात्मक एवम् सहयोगमुलक काम गरेर मनाउने परम्परा सबैले अवलम्बन गर्नुपर्ने बताए ।
राष्ट्रिय युवा परिषद् बागमती प्रदेशका संयोजक रामचन्द्र लम्सालले सामुदायिक विद्यालयका विद्यार्थीले सहयोग पाउनु महत्त्वपूर्ण पक्ष भएको बताए ।
जाडो मौसममा विद्यार्थीलाई न्यानो टोपीसहित पढ्ने सामग्री र सरसफाइका लागि डस्टविन उपलब्ध गराएकोमा देवकोटालाई धन्यवाद दिँदै पुष्पगुच्छाले सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>