देश/प्रदेश
क्रिकेटर करण केसीले गरे वर्षा बस्नेतसंग ‘इन्गेजमेन्ट’
०

काठमाडौँ, पुस १८–
नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य करण केसीले सञ्चारकर्मी वर्षा बस्नेतसँग इन्गेजमेन्ट गरेका छन् ।
शुक्रबार फेसबुक मार्फत करणले वर्षासंग औठी साटासाट गरेको सार्वजनिक गर्दै इन्गेजमेन्ट गरेको जानकारी दिएका हुन् । लामो समयदेखि दुवै जना प्रेम सम्बन्धमा रहे पनि औपचारिक रूपमा भने दुवैले बोलेका थिएनन्। अंग्रेजी नयाँ वर्षको अवसरमा यी दुईले इन्गेजमेन्ट गरेका हुन् ।
नयाँ वर्षको दिन बस्नेतले औठी लगाएको तस्बिर सार्वजनिक गरे पनि थप केही खुलाएकी थिइनन्। तर शुक्रबार करणले फेसबुक पोष्ट गर्दै ‘फरेवर स्टार्स नाउ’ क्याप्सनसहित औठी लगाएको तस्विर सार्वजनिक गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























