Breaking News

कुलमान राश्वपा प्रवेश गरेको सरकारलाई औपचारिक जानकारी छैनः प्रवक्ता खरेल

०
Banner

चितवन, पुस १८–

सूचना तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता जगदिश खरेलले सरकारका मन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको बारेमा सरकारलाई औपचारिक जानकारीमा नआएको बताएका छन् ।

आज (शुक्रबार) चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसंग कुरागर्दै प्रवक्ता खरेलले मन्त्री घिसिङ रास्वपामा प्रवेश गरेको औपचारिक जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने आवश्यक निर्णय लिइने बताए । मन्त्री खरेलले आफू अहिलेसम्म कुनै पार्टीमा प्रवेश नगरेको समेत स्पष्ट पारेका छन् । आगामि फागुन २१ गते हुने निर्वाचनमा पनि आफू अहिलेसम्म चुनाव लड्ने या नलड्ने भन्ने निर्णय नगरेको बताए ।

मन्त्री खरेलले सबै नेपाली नागरिकलाई चुनाव लड्ने अधिकार रहेको भन्दै सरकारका मन्त्रीले पनि चुनाव लड्न सक्ने बताए । तर पदको दुरुपयोग भने गर्न नहुने स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>