चितवन विशेष

होटेल पौवामा भोलि न्यू इयर इभः रु.७५ मै परिकारको स्वादसंगै मनोरञ्जन

Banner

चितवन, पुस १५–

रु.७५ मै खाना परिकारको स्वाद अनि मनोरञ्जन एक साथ । यो अवसर ल्याएको होटेल पौवा भरतपुरले । अङ्ग्रेजी नयाँ वर्षको स्वागतमा विशेष सांगीतिक कार्यक्रम गर्दै होटेल पौवाले यो अवसर ल्याएको हो । भोलि (बुधबार) साँझ हुने ‘न्यु इयर इभ लाइभ म्युजिक’ कार्यक्रममा सहभागिहरुका लागि रु.७५ देखि माथिका परिकारहरु रहेका छन् । आफूलाई आवश्यकता अनुसारको स्वाद लिन सक्ने छन् ।

‘न्यू इयर इभलाई भव्य बनाउने प्रयासमा छौं, फरक तवरले कार्यक्रम गर्ने कोशिसमा छौं’–होटेल पौवाका प्रमुख संचालन अधिकृत कृष्ण गौतमले भने । कार्यक्रममा निःशुल्क प्रवेश रहेकाले सबैभन्दा कम मूल्यको परिकारको स्वाद लिएर मात्रै पनि कार्यक्रममा भरपुर मनोरञ्जन लिन सक्ने छन् । कार्यक्रममा विभिन्न परिकारका स्टलहरु रहेन छन् । सबै स्टलमा परिकारहरुको मूल्य सूची रहने होटेल पौवाका महाप्रवन्धक रामप्रसाद रेग्मीले बताए । ‘होटेलमा आउने ग्राहकलाई मनोरञ्जनसंगै मिठो स्वाद पस्किने गरि कार्यक्रम तयार पारेका छौं, चितवनमा फरक स्वादको कार्यक्रम पस्किने तयारीमा छौं’–महाप्रवन्धक रेग्मीले भने ।
साँझ ७ बजेदेखि सुरु हुने कार्यक्रममा चर्चित गायक रमेशराज भट्टराई र गायिका भुमिका गिरीको प्रस्तुति रहने होटेल पौवा भरतपुरका म्यानेजर विजय न्यौपानेले जानकारी दिए । ‘कार्यक्रमको तयारी लगभग पूरा भएको छ, नयाँ वर्ष साँझ मनाउन सबैमा निमन्त्रणा गर्दछौं’–न्यौपानेले भने ।

नेपाली हस्पिटालिटी उद्योगमा अग्रणी भूमिका निर्वाह गर्दै आएको होटल पौवाले आफ्नो १६औं शाखा चितवनको भरतपुरमा केही महिना अघिदेखि संचालनमा ल्याएको हो । यस भरतपुर शाखामा १७ ओटा लक्जरी कोठासहितको छुट्टै ब्लक रहेको छ । आकर्षक रेस्टुरेन्ट, बालबालिकाका लागि खेल्ने ठाउँ, सुन्दर गार्डेन र प्रशस्त पार्किङ सुविधा रहेको छ । विवाह, ब्रतबन्ध तथा कर्पोरेट कार्यक्रमका लागि तीन वटा कार्यक्रम हल, साना बैठक र परिवारिक भेटघाटका लागि ८ वटा फरक–फरक क्षमता क्याबिन र रुफटप रेष्टुरेन्ट उपलब्ध छ । निकट भविष्यमै थप १२ कोठाको सुविधासम्पन्न आवास भवन निर्माणको चरणमा छ ।

यसका साथै, सौराहा, मौलाकाली, मनकामना र अन्य धार्मिक तथा पर्यटकीय गन्तव्यहरू समेटिएका विशेष टुर प्याकेजहरू पनि शाखाले प्रदान गर्नेछ । पश्चिम नेपालबाट सुरु भएको पौवाको यात्रा चितवनमा १६औं शाखासम्म पुगेको हो । यसअघि पौवाका शाखाहरू भैरहवा, बुटवल, गोरुसिङ्गे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, रेसुङ्गा, धनगढी, पोखरा, काठमाडौं, मुलकोट र कालिञ्चोकमा सञ्चालनमा छन् । हाल नेपालगञ्जमा पाँचतारे होटलको मुख्य आवास भवन निर्माणाधीन अवस्थामा रहेको छ भने ब्यांक्वेट र रेस्टुरेन्टबाट सेवा प्रवाह भैरहेको छ । पाल्पाको झिंगामारामा पाँचतारे रिसोर्ट निर्माणका लागि ल्याण्ड स्केपिङको काम भैरहेको छ ।

स्थानीय खाना बनाउन पोख्त महिला सेफहरुबाट नेपालगन्ज र भैरहवामा दाल भात, तरकारी अचार समेटिएको नेपाली खाना “भातभान्छा”को प्रवद्र्धन समेत सुरु गरिएको छ । देशभर १,००० भन्दा बढी रोजगारी सिर्जना गर्दै आएको होटल पौवामा २५० भन्दा बढी लगानीकर्ता संलग्न छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>