चितवन विशेष

यातायात व्यवस्था कार्यालय भरतपुरका कर्मचारी गुरुङविरुद्ध भ्रष्टचार मुद्दा दायर

Banner

चितवन, पुस १४–

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भरतपुरका कार्यलय सहयोगी इन्द्रजित गुरुङविरुद्ध भ्रष्टचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिमको कसुरमा बिगो रु. १,६१,३४० (एक लाख एकसठ्ठी हजार तीन सय चालीस रुपैयाँ मात्र) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारले गुरुङ माथि यातायात कार्यालय भरतपुरबाट जारी हुने सार्वजनिक सेवाका कार्यहरु गर्न गराउन सहजीकरण गरे गराएबापत सेवाग्राहीसंग घुस लिई भ्रष्टचार गरेको आरोप लगाएको छ । अख्तियारको टोलीले गत जेठ ३० गते १ लाख ८५ हजार नगदसहित गुरुङलाई कार्यालयबाट नै पक्राउ गरेको थियो । गुरुङले इ–सेवाबाट घुस लिई आफ्नो सानिमा बैंकको खातामा उक्त रकम दाखिला गर्ने गरेको अख्तियारले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>