चितवन विशेष

जेनजी शहिदको सम्झनामा चितवनमा ‘स्वराञ्जली’ कार्यक्रम

Banner

चितवन, पुस १२–

गत भदौमा भएको जेनजी आन्दोलनको क्रममा शहीद भएकाहरुको सम्झनामा चितवनमा स्वराञ्जली कार्यक्रम गरिएको छ ।
जेनजी चितवन समूहले शनिबार अपरान्ह भरतपुरको चौविसकोठीमा शहीदहरु प्रति स्वराञ्जली कार्यक्रम गरेको हो ।

जेनजीहरुको सम्मानमा कविता बाचन गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो । जेनजी अगुवा रक्षा बमले समेत चितवनका कवि भूमिनको कविता वाचन गरेकी थिइन् । उनले सो क्रममा जेनजी शहिदहरुलाई कहिल्यै भुल्न नहुनेमा जोड दिइन् । कार्यक्रममा चौतारी नाट्यकर्मीले नाटक प्रस्तुत गरेका थिए । जेनजी आन्दोलन कसरी हुन पुग्यो र अहिलेको वर्तमान सरकार कसरी बन्यो भन्ने विषयलाई नाटकमा प्रस्तुत गरिएको थियो ।

त्यसलगत्तै स्थानीय कलाकारहरुले एउटा मरेर जान्छ, गाउँ गाउँबाट उठ, कलिला छातीलगायत बोलको गीत प्रस्तुत गरेको चितवनका जेनजी समूहका अगुवा प्रविण रेग्मीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>