चितवन विशेष

नारायणघाट-मुग्लिन सडकको आवधिक मर्मत गरिने

Banner

भरतपुर,पुस ७-

एमसीए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)कम्प्याक्ट अन्तर्गत सडक मर्मत कार्य कार्यान्वयनका लागि करिब २.३७ करोड अमेरिकी डलर मूल्यका दुई वटा सम्झौतामा हस्ताक्षर भएको छ । एमसीए–नेपालले सोमबार एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयनका क्रममा पूर्वपश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको सडक खण्डमा ‘फूल डेप्थ रिक्लेमेशन तथा सुपरपेभ’ प्रविधि प्रयोग गरेर सडक स्तरोन्नति कार्यका लागि शर्मा–कुमार संयुक्त उपक्रमसँग करिब दुई करोड अमेरिकी डलर मूल्य बराबरको सम्झौता गरेको हो ।

यसैगरी एमसीए–नेपालले हालै उक्त सडक खण्डको स्तरोन्नति कार्य र नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि इण्टरनेशनल कन्सल्ट्यान्स एण्ड टेक्नोक्राट्स प्रालिसँग करिब ३६.६ लाख अमेरिकी डलर मूल्य बराबरको सम्झौता गरेको छ । यी सम्झौताले नेपालको दीर्घकालीन आर्थिक वृद्धि तथा विकासलाई अगाडि बढाउने कम्प्याक्टको लक्ष्य हासिल गर्ने दिशामा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ ।

यी आयोजना अन्तर्गत पूर्वपश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किलोमिटर खण्डमा स्तरोन्नतिको क्रममा फूल डेप्थ रिक्लेमेशन र सुपरपेभ प्रविधि प्रयोगमार्फत सात मिटरको ‘क्यारिज वे’ र २.५ मिटरको ‘शोल्डर’ निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिनेछ । नारायणघाट–मुग्लिन खण्डको आवधिक मर्मत गरिनेछ । सडक स्तरोन्नति तथा मर्मत कार्यका लागि यो प्रविधि नेपालमै पहिलो पटक गर्न लागिएको एमसीएको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>