Breaking News

सुनको मूल्य तोलाको २ लाख ६१ हजार भन्दामाथि

Banner

काठमाडौँ, पुस ७-

नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख २४ हजार ३६५ रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस्तै,आज चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदी आज १३० रुपैयाँले बढेर प्रतितोला ४ हजार २३५ रुपैयाँ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>