चितवन विशेष
रोटर्याक्ट क्लव अफ नारायणगढको अध्यक्षमा ढकाल
०

चितवन, पुस ६–
रोटर्याक्ट क्लव अफ नारायणगढको अध्यक्षमा पुजन ढकाल चयन भएका छन् । वर्ष २०२६–२७ का लागि ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
साधारणसभा तथा अधिवेशनमा नयाँ नेतृत्व घोषणा गर्दै क्लबका आगामी वर्षका योजना र उद्देश्यहरूलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
साधारण सभामा संस्थापक अध्यक्ष मनोज पिया, पूर्व अध्यक्ष रबिन अग्रवाल, नविन पोद्दार, कुशल लामिछाने, वर्तमान अध्यक्ष बिपिन पराजुली, रामप्रसाद गजुरेल, इन्टरयाक्ट क्लब अफ नारायणगढका अध्यक्ष ई.बासुदेव सापकोटा र इन्टरयाक्ट क्लब अफ वाल्मीकिका अध्यक्ष ई आरव श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























