देश/प्रदेश

सुनको मूल्य सामान्य घट्दा, चाँदीको मूल्यमा नयाँ रेकर्ड

Banner

काठमाडौं, पुस ६-

नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्य भने नयाँ उचाइमा पुगेको हो । पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार १ सय रुपैयाँ नाघेको छ ।

अघिल्लो दिन शुक्रबारको तुलनामा आज प्रतितोला १ सय रुपैयाँले चाँदी बढेसँगै ४ हजार १०५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ५ रुपैयाँ थियो । आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>