Breaking News
चितवनबाट रवि लामिछाने आजै काठमाडौँ फर्किने
०

काठमाडौँ, पुस ५-
तुलसीपुर उच्च अदालतको आदेशबमोजिम थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौँ फर्किने भएका छन् ।
रुपन्देहीबाट थुनामुक्त भएसँगै चितवन पुगेका लामिछाने आज काठमाडौँ फर्किन लागेका हुन् । रास्वपा प्रवक्ता मनिष झाले आज १ः५० को फ्लाइटबाट लामिछाने काठमाडौँ आउने जानकारी दिए ।
उनले भने, ‘आजै काठमाडौं आएर जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाने कार्यक्रमको सुरूवात गर्ने कार्यक्रम रहेको छ।
भोलि दिउँसो ३ बजे सभापति लामिछानेलाई पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा स्वागत गर्ने कार्यक्रम रहेको उनले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















