Breaking News
रवि लामिछाने भैरहवाबाट रिहा, चितवन आउँदै
०

चितवन,पुस ४-
रास्वपा सभापति रवि लामिछाने अदालतको आदेश अनुसार रिहा भएका छन् । आज जिल्ला अदालत रुपन्देहीमा कागजी प्रक्रिया पूरा गरेपश्चात उनी छुटेका हुन् । लामिछाने भइरहवाबाट चितवन प्रस्थान गरेको रास्वपा नेता गणेश पराजुलीले बताए।
चितवनमा भोलि रविले स्थानीय नेता–कार्यकर्ता र शुभेच्छुकहरूसँग भेटघाट गर्नेछन् । उनी भोली साँझ काठमाडौं फर्किने कार्यक्रम छ । रविसँगै रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल पनि रहनेछन् । अन्य नेताहरू भने फरक फरक गन्तव्यतिर लागेका छन् । रविकी पत्नी निकिता पनि साथमै छिन् । रवि तत्कालै पार्टीको जिम्मेवारीमा सक्रिय बन्ने जनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























