Breaking News

एमाले महाधिवेशनः नयाँ नेतृत्वको मतदान आज हुँदै, तयार भए ८० विद्युतीय भोटिङ मेसिन

Banner

काठमाडौं,पुस २-

नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान बुधबार बिहान ८ बजे सुरु हुँदैछ। मंगलबार साँझ हुने भनिएको मतदान स्थगित गरिएको पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए। उनका अनुसार नयाँ नेतृत्वका लागि बुधबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ। भक्तपुर सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा भएको हो। मतदानको सम्पूर्ण कार्यक्रम भृकुटीमण्डपमा हुँदैछ।

“विद्युतीय भोटिङ मेसिनमा समस्या आएपछि मंगलबार साँझदेखि सुरु गर्ने भनिएको मतदान स्थगित गरिएको छ”, उनले भने। यसअघि मंगलबार साँझदेखि मतदान हुने तय भएपछि प्रतिनिधिहरु मतदान गर्न लाइनमा बसेका थिए। तीन सय एक सदस्यीय नयाँ कार्यसमितिका लागि करिब ६६० जनाले उम्मेदवारी दर्ता गराएका छन्। मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइने बताइएको छ। महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्ने छन्। नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>