चितवन विशेष

मातृभूमि फाउण्डेशनद्धारा चितवनका बिद्यालयमा स्कूल ब्याग तथा स्टेशनरी समान बितरण

Banner

चितवन,मंसिर १३-

मातृभूमि फाउण्डेशनले चितवनका बिद्यालयमा स्कूल ब्याग तथा स्टेशनरी समान बितरण गरेको छ । प्रमुख अतिथि समाजसेवी मुक्तिप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भरतपुर २१ कञ्चन बस्तिमा रहेको राष्टिैय आधारभूत बिद्यालयका ८५ जना विद्यार्थीलाई स्कूल ब्याग तथा स्टेशनरी समान बितरण गरिएको हो । कञ्दरा बैकले स्टेशनरी सामाग्री सहयोग गरेको थियो भने स्कूल ब्याग फाउण्डेनले उपलब्ध गराएको थियो ।

फाउण्डेशनले देशभर एकलाख बिद्यार्थीका लागि स्कूल ब्याग बितरण गर्ने जनाएको छ । फाउण्डेशनले यस अघि श्री आधारभूत बिद्यालय कञ्चनबस्ती,आधारभूत बिद्यालय अमेलिया टाँठी र परेवाकोट आधारभूत बिद्यालयमा पनि स्टेशनरी तथा स्कूल ब्याग बितरण गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>