चितवन विशेष

नेकपा (एमाले) को ११ औँ महाधिवेशनका लागि चितवनबाट सर्वसम्मत प्रतिनिधि छनोट (सूचिसहित)

Banner

चितवन,मंसिर १३-

नेकपा (एमाले) को ११औँ महाधिवेशनका निम्ति चितवन जिल्लामा शनिबार सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् । क्षेत्र नम्वर १ बाट खुल्लातर्फ कमलराज पाठक, यादबप्रसाद पाठक, गोविन्द प्रसाद कँडेल र जगन्नाथ आचार्य चयन भएका छन । यस्तै महिलातर्फ चन्द्रादेवी तामाङ, शान्ति चौधरी र विमला दुवाडी प्रतिनिधि चयन भएका छन । क्षेत्र नम्वर १ बाट युवातर्फ उत्तम सेढाई प्रतिनिधि चयन भएको नेकपा एमाले चितवनले जनाएको छ । यस्तैे चितवन क्षेत्र नम्वर २ बाट खुल्लातर्फ डा.तिलचन्द्र भट्टराई, तेजेन्द्र खड्का, शंकर अधिकारी, केशव लामा र पदमपाणि सुवेदी तथा महिला तर्फ बिमला लामा, इच्छा त्रिपाठी र गीता श्रेष्ठ प्रतिनिधि चयन भएका छन । चितवन क्षेत्र नम्वर २ बाट युवा तर्फ प्रकाश आचार्य प्रतिनिधि चयन भएका छन ।

यस्तै क्षेत्र नम्वर ३ बाट खुल्लातर्फ रामप्रसाद न्यौपाने, प्रकाश ढुंगाना र कृष्णप्रसाद भुर्तेल, महिलातर्फ सरस्वती बिष्ट र निशा अधिकारी तथा युवातर्फ प्रकाश भट्ट प्रतिनिधि चयन भएका छन । यस्तै उत्पीडित कलष्टरबाट श्यामलाल बिक सर्वसम्मत प्रतिनिधि छनोट भएको एमाले चितवनले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>