चितवन विशेष
बाल दिवसमा विद्यार्थी सम्मान
०

चितवन, मङ्सिर ५-
विश्व बाल दिवसका अवसरमा कालिका नगरपालिकाले १५ जना विद्यार्थीसहित ४६ जनालाई सम्मान गरेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उहाँहरुलाई बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्मान गर्नुभएको हो ।
कालिका नगरपालिकाका नौ वटा सामुदायिक विद्यालय र छ वटा संस्थागत विद्यालयका १५ जना विद्यार्र्थी र ३१ जना खेलाडीलाई सम्मान गरिएको हो । सम्मानस्वरुप उहाँहरूलाई जनही रु पाँच हजार प्रदान गरिएको थियो । त्यस अवसरमा नगरप्रमुख विनोद रेग्मीले मुलुकको शैक्षिक उन्नयनका लागि संस्थागत तथा सामुदायिक विद्यालयबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा दिइएको जानकारीअनुसार कालिका पालिकाका ११ संस्थागत र ३३ सामुदायिक विद्यालयमा १२ हजार ८०० विद्यार्थी अध्ययनरत छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























