Breaking News

रास्वपा विस्तारित बैठकः डा.तोसिमाले दिइन् मंसिरमै महाधिवेशन गर्न सुझाव, पार्टी रिफर्मेसन गर्न माग

Banner

चितवन, कार्तिक २२–

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित केन्द्रीय समितिको बैठक दुई दिनदेखि चितवनको सौराहामा जारी छ ।
बैठकको दोस्रो दिन केन्द्रीय सदस्य डा.तोसिमा कार्कीलगायत ४ जनाले लिखित रुपमा आफ्नो प्रतिवेदन पेश गरेका छन् ।

डा.कार्कीले प्रस्तुत गरेको साढे २ पेजको प्रतिवेदनमा रास्वपालाई मध्यमार्गी राजनैतिक शक्ति निर्माणका लागि पार्टीको पुर्नसंरचना, पुनःमुल्यांकन र पुनरावलोकन गर्न माग गरिएको छ । उनले पार्टीको अर्थपूर्ण रुपान्तरण तत्काल प्रक्रिया सुरु गर्न माग गरेकी छन् । उनले पार्टीको रिफर्मेसनको माग गर्दै मंसिरमै पार्टीको महाधिवेशन गर्न माग गर्दै मार्ग चित्र प्रस्तुत गरेकी छन् । महाधिवेशनका लागि पदाधिकारी र सचिवालय भंग गरी केन्द्रीय समितिलाई आयोजक समितिमा रुपान्तरण गर्न उनले माग गरेकी छन् । कार्कीले विचार मिल्न सक्ने विभिन्न नयाँ पार्टीहरुसंग घण्टी चुनाव चिन्ह साँझा रहने गरी एकता गर्न सुझाव समेत दिएकी छन् ।

बैठकमा उपसभापति डा.स्वर्णीम वाग्लेले आगामि निर्वाचनमा पाटीको वाचा पत्रको खाका प्रस्तुत गरेका थिए । वाग्लेले आगामि वि.सं.२१०० सम्ममा कार्यान्वयन गर्न सक्ने खालको वाचा पत्र तयार पारिएको बताएका छन् । उनले अन्य पार्टीहरुले हावाको भरमा खाका बनाउने गरेको भन्दै आफूहरुले आर्थिक स्रोत सहितको खाका तयार पारिएको बताए । बैठकमा उठेका सुझावलाई अर्को केन्द्रीय समितिको बैठकबाट अनुमोदन गरिने कार्यवाहक डीपी अर्यालले जानकारी दिए । बैठकमा कार्यवाहक सभापति अर्यालले राजनीतिक प्रतिवेदन, आगामि निर्वाचनका लागि उपसभापति स्वर्णीय वाग्लले वाचा पत्र र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सांगठनिक संरचनाको प्रस्तावना पेश गरेका गरेका थिए । त्यस विषयमा समूहगत रुपमा छलफल गरिएको छ । बैठकमा ५१२ जना प्रतिनिधि सहभागि छन् ।

तोसिमाले दिएको सुझावको पूर्णपाठ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>