देश/प्रदेश

जनकपुरमा तीन आकाशे पुल निर्माण गरिँदै

Banner

जनकपुरधाम, कात्तिक २१

सडक दुर्घटना न्यून गर्न र ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले जनकपुर–ढल्केवर ६ लेन सडकमा तीन आकाशे पुल निर्माण गर्न थालिएको छ ।

सडक डिभिजन कार्यालय जनकपुरधामका इन्जिनियर उज्ज्वल झाका अनुसार नेपाल सरकारको करिब रु १० करोड ५० लाखको लागतमा आकाशे पुल निर्माण कार्य आगाडि बढाइएको हो । अत्यधिक सवारीसाधनको चाप रहेको सो राजमार्गअन्तर्गत क्षिरेश्वरनाथ नगरपालिकाको महिला विकास चोक र सखुवा चोकमा एक एकवटा तथा सोही सडकखण्डको लक्ष्मीनिया गाउँपालिकाको बजार चोकमा एउटा आकाशे पुल निर्माण गर्न थालिएको हो ।

क्षिरेश्वरको महिला विकास चोकमा रु तीन करोड ३५ लाख, सखुवा चोकमा रु तीन करोड ५७ लाख तथा लक्ष्मीनियामा रु तीन करोड ४२ लाखको लागतमा आकाशे पुल निर्माण गर्न लागिएको इन्जिनियर झाले बताउनुभयो । चालु आर्थिक वर्षभित्र पुल निर्माण सम्पन्न गरिने उहाँले बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले पूर्व पश्चिम राजमार्ग भएर मधेस प्रदेशको राजधानी जनकपुरधाम प्रवेश गर्ने सो सडकमा आकाशे पुल निर्माण भएपछि सवारी दुर्घटनामा कमी आउने बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>