देश/प्रदेश
जन्म कैद सजायपछि भागेर दुबई पुगेका रेशमबहादुर प्रकाउ
०

काठमडौँ, कात्तिक २१-
दुबईमा एक नेपाली प्रकाउ परेका छन् । हत्या गरेर दुबई पुगेका व्यक्ति इन्टरपोलको सहयोगमा पक्राउ परेका हुन् ।
१३ वर्षअघि एक व्यक्तिको हत्या गरेर दुबई पुगेका पर्वतको बेउलीबासका रेशमबहादुर रानालाई इन्टरपोलको सहयोगमा प्रकाउ गरेर आज (शुक्रबार) नेपाल ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले बताए ।
राना समेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको १५ माघ २०६९ को फैसलाले जन्म कैद (२० वर्ष) सजाय ठहर भएको थियो । हत्यापछि भने उनी फरार हुँदै आएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























