देश/प्रदेश

सुशासनसहित निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाइने: प्रजिअ लुइटेल

Banner

जनकपुरधाम, कातिक २०-

जिल्ला प्रशासन कार्यालय, धनुषाले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी शान्तिसुरक्षा चुस्तदुरुस्त एवं प्रभावकारी बनाउने काममा सहयोग गरिदिन जिल्लाबासीसँग अनुरोध गरेको छ ।

जिल्लास्थित अगुवा एवं सक्रिय पत्रकारसँगको भेटघाटका अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले सुरक्षा व्यवस्था सुनिश्चित गरी भयरहित वातावरणबीच प्रतिनिधिसभाको निर्वाचन सफल बनाउने काममा जुटेको प्रशासन संयन्त्रलाई साथ दिन सम्बद्ध सबैसँग आह्वान गर्नुभएको हो ।

उहाँले जिल्लाको शान्तिसहित सरक्षा अमनचयन कायम गर्न अहोरात्र खटिरहेको नेपाल प्रहरी, सशस्त्र प्रहरी वल र नेपाली सेनालगायतका सुरक्षा निकायलाई सहयोग गर्न पनि उहाँले अनुरोध गर्नुभयो ।

नेपाल सरकारको नीति तथा निर्देशनबमोजिम विकृति, विसङ्गति एवं भ्रष्टाचार अन्त्य गरी मुलुकमा सुशाशन कायम गर्दै निर्वाचनमैत्री सुरक्षाव्यवस्थासहित उल्लासमय वातावरणबीच घोषित मितिमा निर्वाचन गराउने काममा सरोकार भएका सबै क्षेत्रबाट साथसहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो

सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “पारदर्शी ढङ्गबाट कामकाज गरी सुशासन कायम गर्ने र जनतालाई छिटोछरितो रुपमा सेवा प्रदान गर्ने, लागूऔषध ओसारपसार नियन्त्रण, यातायात तथा फोहोर व्यवस्थापनलगायतका गुनासो सम्बोधनका सवालमा अहोरात्र खटिएर सकारात्मक परिणाम दिनेछु । यसतर्फ आमसञ्चारकर्मीसहित जिल्लाबासीबाट पनि सहयोगको अपेक्षा गरेको छु ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>