देश/प्रदेश

स्रोत नखुलेको २८ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

Banner

धनगढी , कार्तिक १७ –

कैलालीमा स्रोत नखुलेको २८ लाख रुपैयाँ नगद सहित दुई जना भारतीय नागरिक लखिमपुर खिरी पलिया बस्ने बर्ष २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्तालाई पक्राउ गरिएको छ ।

उनीहरूलाई धनगढी उप-महानगरपालिका-३ स्थित मिलनचोकबाट विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट स्रोत नखुलेको २८ लाख तीन सय ५० रुपैयाँ बरामद भएको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए ।

पक्राउ परेका मध्ये हरचित गुप्ताले चलाएको यूपी ३१ सीएन ११७५ नम्बरको भारतीय कारमा स्रोत नखुलेको रकम फेला परेको थियो । कार र पक्राउ परेका दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>