खेलकुद

एसिया अटो जिमखाना च्याम्पियनसिपमा नेपालका ३ खेलाडी प्रतिस्पर्धा गर्दै

Banner

काठमाडौँ, कार्तिक १५–

एसिया अटो जिमखाना च्याम्पियनसिपको तेस्रो संस्करण भारतको गुडगाउँमा आजदेखि सुरु भएको छ । यो प्रतियोगिता एसिया क्षेत्रको मोटर स्पोर्टसको एउटा प्रतिष्ठित प्रतियोगिता हो । मोटर स्पोर्ट्ससँग सम्बन्धित राष्ट्रिय फेडरेसनहरूको तर्फबाट सहभागी १२ टिमले सो प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।

जहाँ दुई मेल ड्राइभर र एक फिमेल ड्राइभरको सहभागिता रहेको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को तर्फबाट सो प्रतियोगितामा दुई पुरुष ड्राइभर र एक महिला ड्राइभर गरी तीन खेलाडी पनि सहभागी भइरहेका छन् । जहाँ उनीहरुले मेल सोलो, मेल डबल, फिमेल सोलो र मिक्स डबल जस्ता विभिन्न क्याटेगोरीमा आफ्नो सिप, साहस र सिर्जना प्रस्तुत गर्नेछन् । जय प्रताप मास्के, रबिन सुनुवार, तथा विपासना तामाङको टिम म्यानेजरको रुपमा नेपाल अटोमोबाइल्स एसोसिएसन नासा नेपालका मार्सल तथा ट्रेनिङ कमिसनका सचिव आशिष रौनियार रहेका छन् ।

विश्वमै लोकप्रिय हुँदै गएको मोटर स्पोर्टस् अन्तर्गतको जिमखाना एसियाली महादेशमा अत्यन्तै सम्भावना भएको लोकप्रिय मोटर स्पोर्टसर््को इभेन्ट हो । जसमा सानो सर्किटमा समेत विभिन्न प्रतियोगिताहरु आयोजना तथा व्यवस्थापन गर्न सकिन्छ । कलात्मक ढङ्गले डिजाइन गरिएको आकर्षक र अत्यन्तै प्राविधिक किसिमको सर्किटमा प्रतिस्पर्धी ड्राइभरहरुले आयोजकले दिए अनुसारको रुटम्याप पक्षाउँदै गाडी चलाउने, सकेसम्म न्यून पेनाल्टी पाउन, सकेसम्म छोटो समयमा आफ्नो रेसिङ पुरा गर्ने तथा तोकिएको मापदण्ड भित्र रहेर सफल सहभागिता जनाउने ड्राइभर तथा टिम नै सो प्रतियोगितामा विजय हुने अवस्था रहन्छ ।

झण्डै एक दशकदेखि नेपाली ड्राइभरहरूले एसिया प्यासिफिकका विभिन्न अटो जिमखानामा आफूलाई प्रतिस्पर्धी बनाइरहेका छन् । गत महिना मात्रै सम्पन्न एसिया प्यासिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिप अन्तर्गतको अटो जिमखानाको सोलो इभेन्टमा नेपालका आशिष भारतीले १७ देशका ड्राइभरहरूलाई पछि पार्दै ऐतिहासिक स्वर्ण पदक प्राप्त गरेको क्षण नेपाली मोटर स्पोर्ट्सको इतिहासमा गौरवमय क्षणको रुपमा रहेको छ । जसबाट अनुमान गर्न सकिन्छ नेपाली ड्राइभरहरुले अटो जिमखानामा आफूलाई अब्बल साबित गर्न सक्नेछन् । प्रत्येक वर्ष एसियाका विभिन्न देशमा आयोजना गरिने यो सिरिज यसपटक काजाकिस्तानबाट सुरु भई श्रीलंका पश्चात् भारतमा आयोजना भइरहेको हो । यसपछिका दुई इभेन्टमा यसै वर्षभित्र ताइवान र उज्बेकिस्तानमा आयोजना हुनेछन् ।

नेपाली मोटर स्पोट्र्सका अनुभवी ड्राइभर जयप्रताप मास्केले पहिलो पुरुष ड्राइभरको रुपमा सहभागी हुँदैछन् जसले गत महिना कोलम्बोमा सम्पन्न एसिया प्यासिफिक मोटर स्पोट्र्स च्याम्पियनसिप अन्तर्गतको अटोक्रस विधामा समेत आफ्नो प्रदर्शन गरेका थिए । त्यसैगरी, सोही प्रतियोगितामा सहभागी रविन सुनुवार दोस्रो पुरुष ड्राइभरको रुपमा यसपटकको एएजीसीका प्रतिस्पर्धी रहेका छन् जसले कोलम्बोमा अटोक्रस क्याटगोरीमा सहभागीता जनाएका थिए । विपासना तामाङ यसपटक पनि सोही क्याटगोरीमा र सोही हैसियतमा प्रतिस्पर्धा गर्दै छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>