देश/प्रदेश

आज मिति २०८२ साल कार्तिक १५ गते शनिबार, यस्तो छ तपाईको राशिफल

Banner

चितवन, कात्तिक १५-

वि.सं.२०८२ साल कार्तिक १५ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः

मेषः

तारिफयोग्य कामले सामाजिक तथा राजनीतिक वृत्तमा चर्चित भईनेछ । परिवारमा सुख–समृद्धि बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय पनि रहेको छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ ।

वृषः

विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्नेछ । नोकरीमा प्रवेश–पदोन्नति वा अनुकूल स्थान प्राप्त हुने बलियो सम्भावना छ । राज्य पक्षले हजुरको वौद्धिकता प्रति सम्मना प्रकट गर्ने योग परेको छ । प्रेम सम्बन्धमा सुधार आउने छ ।

मिथुनः

टाढिएका साथीभाइ नजिकिनेछन् । आपसी मित्रता नै दिगो लाभको संवाहक बन्न सक्नेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । वौद्धिक तथा प्राज्ञिक उन्नयनको दिन परेको छ । शैक्षिक क्षेत्रमा पनि उल्लेखनीय उपलब्धी प्राप्त हुने योग रहेको छ ।

कर्कटः

मिहिनेत गर्दागर्दै पनि समय आफ्नो पक्षमा नरहन सक्नेछ । स्वार्थका लागि सम्बन्ध गाँस्नेहरूले धोका दिनेछन् । अनावश्यक क्रोध उत्पन्न हुनाले झैझगडा हुन सक्नेछ । आज सावधानपूर्वक नै बस्नु बेस हुनेछ ।

सिंहः

व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । साथीभाइको सहयोगले उत्साह मिल्नेछ । आम्दानीका स्रोत बढ्नेछन् । दाम्पत्य जीवन सुमधुर रहनेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ ।

कन्याः

आज शत्रुबाधा एवं मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने समय छ । पहिलेका प्रतिस्पर्धीहरू नै सहयोगी बन्नेछन् । प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । आफन्तहरूसँग रमाइलो वा मिठो यात्राका योग छन् ।

तुलाः

आज सुखदुःखमा साथ दिनेहरू प्रशस्त भेटिनेछन् । आफ्नो प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भईनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । आर्थिक स्थितिमा सुधार आउनेछ ।

बृश्चिकः

परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउने छ । बलभन्दा बुद्धिको उपयोगले काम बन्नेछ । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । भौतिक सुखसुविधाको लाभ मिलेपनि स्वास्थ्यमा भने समस्या देखिने छ ।

धनुः

आज भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाईनेछ । व्यक्तिगत काममा सफल भइनेछ । राज्य पक्षबाट पनि उचित मान सम्मानको योग रहेको छ ।

मकरः

सानो प्रयत्नले ठूलो काम बन्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सम्मानित स्थान प्राप्त हुन सक्नेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । दाम र नाम कमाउने समय छ ।

कुम्भः

बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मनपर्ने वस्तु÷उपहार प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिन पाइएला ।

मीनः

आज खर्चको जोहो गर्न अलिक दौडधुप गर्नुपर्ला । अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्नेछ । लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ ।

rashifal

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>