देश/प्रदेश

विवाहपञ्चमी महोत्सवको तयारीका लागि सर्वपक्षीय बैठक सम्पन्न

Banner

जनकपुरधाम, कात्तिक १४-

आउँदो मंसिर ९ गते हुने विवाहपञ्चमी महोत्सवको तयारी स्वरुप जानकी मन्दिरमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

सर्वपक्षीय बैठकबाट प्रत्येक वर्ष जनकपुरधाममा आयोजना हुने विवाहपञ्चमी महोत्सव यस वर्ष पनि भव्यतापूर्वक सम्पन्न गर्ने निर्णय गरिएको हो । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अध्यक्षतामा भएको बैठकमा विवापञ्चमी महोत्सवलाई व्यवस्थित बनाउनका लागि विभिन्न उपसमितिहरु निर्माण गर्ने निर्णय समेत गरिएको छ ।

विवाह पञ्चमी महोत्सवमा अयोध्याबाट आउने साधु सन्तको आवास तथा भोजनको व्यवस्था जानकी मन्दिर आफैँले गर्ने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभयो । उहाँले विवाहपञ्चमी महोत्सवलाई भव्य र सभ्य बनाउनकालागि जनकपुरधाम नगरवासीलाई समेत आ–आफ्नो स्थानबाट योगदान दिन आग्रह समेत गर्नुभयो ।

मंसिर ४ गतेबाट शुरु हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव विभिन्न उत्सवसँगै मंसिर १० गते सम्पन्न हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>