देश/प्रदेश
विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री
०

भोजपुर, कात्तिक १४ –
समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।
यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११ लाख प्रदान गर्नुभएको थियो ।
पोसाक र शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थी प्रशन्न छन् । समाजसेवी राईलाई विद्यालयका तर्फबाट सम्मान गरिएको छ । बिहीबार विद्यालय परिसरमा विद्यार्थीलाई पोसाक वितरण तथा राईलाई सम्मान गरिएको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























