Breaking News

चितवनमा दुई बस ट्रकमा ठोक्किएः ३३ जना घाइते

Banner

भरतपुर,कात्तिक १४-

चितवनमा यात्रुबहाक दुई बस ट्रकमा ठोक्किदा ३३ जना घाइते भएका छन । गयराती १ बजेको समयमा भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा ना–६ ख ८१३ नम्वरको ट्रकको पछाडि रौतहटबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०३–००१ ख ०१२३ नम्वरको यात्रुबहाक बस र सोही बसको पछाडि जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३९०२ नम्वरको बस ठक्कर खाएको हो । दुर्घटनामा दुवै बसका ३३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।

घाइतेमध्य १५ जनाको चितवन मेडिकल कलेज, १३ जनाको नेशनल सिटी अस्पताल भरतपुर र ५ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ८ जनाको अवस्था मध्येम र २५ जनाको अवस्था सामान्य रहेको पुरीले बताउनुभयो । दुई बस चालकमध्ये एक जना घाइते र एक जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । ट्रकका चालक भने फरार रहेको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>