देश/प्रदेश

हिरासतबाट भागेपछि प्रहरी वृत्तमा आगो लगाउने पक्राउ

Banner

काठमाडौं, कात्तिक १३-

आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भदौ २४ गते प्रहरी वृत्त गौशालामा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार आगजनी र तोडफोड गरेको आरोपमा धरानका घर भई गुहेश्वरी बस्ने २१ वर्षीय पासाङ भन्ने सुरज राई प्रकाउ परेका हुन्। भिडिओमा देखिएको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनी लागुऔषध मुद्दामा पक्राउ परी गौशालाको हिरासतमा थिए। भदौ २४ गतेको आन्दोलनपछि गौशाला वृत्तको हिरासतबाट निस्किएका थिए। त्यहाँबाट निस्किन बित्तिकै आगजनी र तोडफोडमा संलग्न भएको देखिएपछि प्रहरीले पक्राउ गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>