खेलकुद

देउसीभैलोको रकमले ‘बास्केटबल कोर्ट’ निर्माण

Banner

पर्वत, कात्तिक १३ –

देउसीभैलोबाट सङ्कलित रकमले सदरमुकाम कुश्मामा ‘बास्केटबल कोर्ट’ निर्माण सुरु भएको छ । पर्वत जिल्ला बास्केटबल सङ्घले कुश्मा नगरपालिका–५ स्थित बडागाउँमा कोर्ट बनाउन थालेको हो ।

जिल्ला बास्केटबल सङ्घका अध्यक्ष मीनबहादुर पुनले देउसीभैलोबाट सङ्कलित रु पाँच लाख ८७ हजार ९८६ कोर्ट निर्माणमा उपयोग गरिएको जानकारी दिँदै सङ्घका सबै पदाधिकारी श्रमदानमा जुटेका बताउनुभयो । अपुग रकम कुश्मा नगरपालिकाले प्रदान गर्ने नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।

कोर्टमा फाइबर बोर्ड, प्याराफिट, तारजालीलगायतका संरचना निर्माण हुने अध्यक्ष पुनले जानकारी दिनुभयो । कोर्ट रु १४ लाखमा पूरा लक्ष्य रहेको उहाँले सुनाउनुभयो । साथै अध्यक्ष पुनले देशविदेशमा रहेका पर्वतका बास्केटबलप्रेमीलाई कोर्ट निर्माणमा सहयोग गर्न अनुरोध गर्नुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>