देश/प्रदेश

४२ फिट तल कार खस्दा १ जनाको मृत्यु, २ जना घाइते

Banner

काठमाडौँ, कात्तिक ११-

बीपी राजमार्गमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुनकोसी गाउँपालिका-६, चैनपुरस्थित बीपी राजमार्गमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु र २ जना घाइते भएका हुन्।

विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मोरङ, विराटनगर-१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलले चलाएको बा ७ च ७५५४ नम्बरको कार सडकबाट करिब ४२ फिट तल खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ओमबहादुरलाई उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको थियो । उनको श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल घाइते भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>