देश/प्रदेश

जङ्गली जनावरको आक्रमणबाट एकको मृत्यु

Banner

राँझा (बाँके), कात्तिक ८ –

राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँ नमुना टोल निवासी इन्द्रबहादुर खत्रीको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको छ ।

गुरुवागाउँ नमुना टोल निवासी ४० वर्षीय खत्री शुक्रबार अपराह्न २ः०० बजेतिर स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएपछि बेपत्ता हुनुभएको थियो । आज बिहानसम्म परिवारको सम्पर्कमा नआएपछि जङ्गलमा खोज्दै जाँदा उहाँको शव फेला परेको प्रहरी चौकी ढकेरीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक नगेन्द्र शाहीले जानकारी दिनुभयोे ।

उहाँका अनुसार आज बिहानै प्रहरीसहित स्थानीयवासीको टोलीले जङ्गलमा खत्रीलाई खोज्ने क्रममा रिम्ना सामुदायिक वनको चिल्लेपाटामा जङ्गली जनावरले आक्रमण गरेको अवस्थामा शव फेला परेको हो । बाँके राष्ट्रिय निकुञ्जको क्षेत्र पर्ने भएकाले निकुञ्जसँग समन्वय गरेर शवको शव परीक्षण लगायतको प्रक्रिया सुरु गरिएको उहाँको भनाइ छ ।

घटनाको प्रकृति हेर्दा बाघले नै आक्रमण गरेको हुनसक्ने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो । “बाघ वा चितुवाले आक्रमण गरेको हुनुपर्छ, घटनास्थलको प्रकृति हेर्दा बाघको आक्रमण जस्तो छ”, उहाँले भन्नुभयो, “हामीले घटनास्थल क्षेत्रमा क्यामेरा जडान गर्छौं, क्यामेरामा कैद भएका आधारमा पुष्टि हुनेछ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>