देश/प्रदेश

बिर्तामोडमा करेन्ट लागेर एक महिलाको मृत्यु

Banner

भद्रपुर (झापा), कात्तिक ७ –

बिर्तामोड नगरपालिका–१० फेसबुक चोकमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

आज दिउँसो आफ्नो घरमा बिजुलीको तार मर्मत गर्न खोज्दा स्थानीय ५५ वर्षीया तालामाई मर्डीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले घरमा बिजुली बाल्ने क्रममा समस्या देखिएपछि तार हेर्न खोज्दा करेन्ट लागेको आशंका गरिएको बताउनुभयो

इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक सन्तोष राईको नेतृत्वमा खटिएको टोलीले थप अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरेको जनाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>