कर्णाली

खस भाषाको ‘खसिया आखर’ पुस्तक सार्वजनिक भएसँगै कर्णालीमा खुसी

Banner

जुम्ला, कात्तिक ५ –

संस्कृतिविद् रमानन्द आचार्यले खस भाषा शब्दकोषका रुपमा तयार गर्नुभएको ‘खसिया आखर’ पुस्तक सार्वजनिक भएसँगै जुम्लासहित माथिल्लो कर्णाली भेगका जनतामा खुसी छाएको छ ।

खस भाषाको उद्गमस्थलका रुपमा परिचत जुम्लासहित कर्णाली क्षेत्रका जनताले ४० हजार शब्दसहितको महत्वपूर्ण एवं ऐतिहासिक दस्तावेजका रुपमा पुस्तक प्रकाशन भएकामा लेखक तथा कर्णाली प्रदेश सरकारलाई धन्यवाद दिएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा प्रकाशित उक्त पुस्तकले खस भाषाको संरक्षण र प्रवद्र्धनमा सहयोग पु¥याउन पुस्तकका लेखक आचार्यले जानकारी दिनुभयो ।

चन्दननाथ नगरपालिका–१ निवासी संस्कृतिविद् रमानन्द आचार्यले पुस्तक तयार गर्नेक्रममा सम्बद्ध पक्ष र क्षेत्रसँग १७ वर्षसम्म भएको छलफल तथा भेटघाटलाई समेत आधार बनाएर प्रकाशन गरिएको पुस्तकले खस भाषाको संरक्षण र सम्वद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले खस भाषा शब्दकोषका रुपमा प्रकाशित सो पुस्तक सार्वजनिक गर्नुभएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>