चितवन विशेष

धर्मचोकको डिभाइडरमा कार ठोक्किदा तीन जना घाइते

Banner

चितवन, कार्तिक ३–

चितवनको भरतपुर–४ धर्मचोकमा बीच भागको डिभाइडरमा ठोक्किएर कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

आज विहान ४ः३० बजेको समयमा चौबिसकोठीबाट बिशालचोक तर्फ जाँदै गरेको लु ३ च ५३५७ नम्बरको कार आफै अनियन्त्रित भई बाटोको बिच भागको डिभाईडरमा ठोक्किएको थियो ।

दुर्घटनामा कार चालक नवलपरासी सुनवल नगरपालिका–३ बस्ने ३१ को संदिप गुरुङ, रुपन्देही सैनामैना नगरपालिका–७ बस्ने बर्ष ३० का सुबास थापा र अर्घाखाँची भुमिका स्थान नगरपालिका–८ बस्ने वर्ष ३० का सरोज श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको सामान्य अवस्थामा पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>