देश/प्रदेश

प्रधान सेनापतिद्वारा श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान

Banner

काठमाडौँ, कात्तिक २ –

प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति हुनुभएका गणेशकुमार श्रेष्ठलाई बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । पदोन्नतिसँगै रथी श्रेष्ठलाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ ।

नेपाल सरकारको मन्त्रिपरिषद्ले उहाँलाई गत असोज ३० गते रथी पदमा बढुवा गर्ने निर्णय गरेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>